अन्नपूर्ण केबुलकारको लिफ्टमा प्राविधिक समस्या
पोखरा — कास्कीको पोखरास्थित सराङकोटमा सञ्चालित अन्नपूर्ण केबुलकारको लिफ्टमा अचानक प्राविधिक समस्या आउँदा सात जना यात्रु करिब एक घण्टासम्म हावामै फसेका छन्। फस्ने यात्रुहरूमा एक फ्रान्सेली परिवार, तीन जना नेपाली नागरिक र सामाजिक सञ्जालमा ५० लाखभन्दा बढी फलोअर्स भएका एक चर्चित रुसी इन्फ्लुएन्सर रहेका थिए।
केबुलकार सञ्चालनका क्रममा अचानक प्राविधिक खराबी आएपछि लिफ्ट बीचमै रोकिएको थियो। घटनालगत्तै खटिएका केबुलकारका प्राविधिक तथा कर्मचारीहरूले सुरक्षात्मक उपाय अपनाउँदै लिफ्टको ढोका खोलेर सबै सातै जना यात्रुलाई सकुशल बाहिर निकालेका हुन्। उद्धार गरिएका सबै यात्रुहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूलाई सुरक्षित रूपमा तल्लो स्टेसनतर्फ झारिएको कम्पनी प्रशासनले जनाएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्