भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमणमा काठमाडौँमा
काठमाडौँ — भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने औपचारिक भ्रमणका क्रममा बुधबार बिहान काठमाडौँ आइपुग्नुभएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आउनुभएका विदेश सचिव मिस्रीले आजैदेखि काठमाडौँमा उच्चस्तरीय कूटनीतिक तथा राजनीतिक भेटघाटको शृङ्खला सुरु गर्नुभएको छ।
भ्रमणको पहिलो दिन विदेश सचिव मिस्रीले परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले तथा परराष्ट्र सचिव अमृतबहादुर राईसँग द्विपक्षीय छलफल गर्नुहुनेछ। दुई देशबिचको सम्बन्ध थप सुदृढ बनाउने र व्यापार, ऊर्जा, पूर्वाधार तथा कनेक्टिभिटीका क्षेत्रमा भएका प्रगतिबारे छलफल गर्ने कार्यसूची रहेको छ। भ्रमणको दोस्रो दिन भोलि बिहीबार उहाँले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेट गर्नुहुनेछ। प्रधानमन्त्रीसँगको भेटवार्तापश्चात विदेश सचिव मिस्री भोलि नै नयाँ दिल्ली फर्कने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्