दलित संघ, नेविसंघ र तरुण दलमा नयाँ अध्यक्ष नियुक्त
काठमाडौँ — नेपाली कांग्रेसभित्रको आन्तरिक गुटबन्दी र १५औँ महाधिवेशनको गृहकार्यका बिच देउवा पक्षले भ्रातृ संस्थाहरूमा समानान्तर संरचना विस्तारलाई निरन्तरता दिएको छ। सोही क्रममा देउवा समूहका तर्फबाट गठित महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले नेपाल दलित संघको नेतृत्वमा यमुना विश्वकर्मालाई चयन गर्नुभएको हो।
यसअघि देउवा पक्षले नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) को अध्यक्षमा सृजना मल्ल र नेपाल तरुण दलको अध्यक्षमा दिल लामालाई मनोनीत गरिसकेको छ। तरुण दल र नेविसंघपछि दलित संघमा समेत समानान्तर अध्यक्ष तोकिएसँगै संस्थापन पक्ष र देउवा पक्षबिच भ्रातृ संस्थाहरूको वैधानिकता र सङ्गठनात्मक नियन्त्रणलाई लिएर आन्तरिक प्रतिस्पर्धा थप उत्कर्षमा पुगेको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्