भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुल र जरिवाना छुट
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले गत भदौ १० गते आएको भोटेकोशी बाढीबाट प्रभावित पीडितहरूका लागि विद्युत् महसुल तथा जरिवाना पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। बाढीका कारण घर र बिजुलीको मिटर दुवै गुमाएका ग्राहकहरूबाट कुनै पनि प्रकारको नियमित महसुल र विलम्ब शुल्क (जरिवाना) नलगाइने प्राधिकरणले स्पष्ट पारेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठका अनुसार बाढीले घर र मिटर दुवै बगाएका ग्राहकहरूको हकमा नियमित मिटर रिडिङ र बिलिङ प्रक्रिया रोक्ने निर्णय प्राधिकरणको सञ्चालक समितिले गरिसकेको छ। प्राकृतिक विपत्तिका कारण उठिबास भएका नागरिकहरूलाई थप आर्थिक भार पर्न नदिनका लागि विद्युत् प्राधिकरणले यो निर्णय लिएको हो।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्