Logo

बाहिरिएको अडिओप्रति सभापति थापाको प्रतिक्रिया

ललित सन्देश २०८३ कार्तिक १९, १०:१७ AM
बाहिरिएको अडिओप्रति सभापति थापाको प्रतिक्रिया

काठमाडौँ — नेपाली कांग्रेसभित्र हालै सम्पन्न विशेष महाधिवेशन र त्यससँग जोडेर बाहिरिएका विभिन्न अडिओ सामग्रीहरूबारे पार्टी सभापति गगन थापाले आधिकारिक प्रतिक्रिया दिनुभएको छ। विशेष महाधिवेशनलाई पार्टीका तल्लो र भुइँ तहका कार्यकर्ताहरूले गरेको राजनीतिक विद्रोहको संज्ञा दिँदै थापाले विद्रोह गर्नेले सम्भावित परिणामको चिन्ता नलिने बताउनुभयो।

पार्टीभित्र चलेको राजनीतिक तथा कानुनी लडाइँका क्रममा कुनै पनि प्रकारको आर्थिक चलखेल नभएको दाबी गर्दै सभापति थापाले स्पष्ट पार्नुभयो, "कांग्रेसको यो राजनीतिक र कानुनी लडाइँमा रुपैयाँ मात्र होइन, एक सुकाको पनि लेनदेन भएको छैन।" अडिओ बाहिरिएपछि सिर्जित भ्रम र अन्योललाई चिर्दै थापाले पार्टीको आन्तरिक लोकतन्त्र सुदृढीकरणका लागि कार्यकर्ता तहबाट भएको यो कदमलाई गलत अर्थमा नलिन आग्रह गर्नुभएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्