Logo

भारतीय विदेश सचिव विक्रम मिस्रीको दुईदिने औपचारिक भ्रमण सम्पन्न

ललित सन्देश २०८३ कार्तिक १९, ११:१४ AM
भारतीय विदेश सचिव विक्रम मिस्रीको दुईदिने औपचारिक भ्रमण सम्पन्न

काठमाडौँ — नेपालको दुईदिने औपचारिक भ्रमण पूरा गरी भारतीय विदेश सचिव विक्रम मिस्री आज काठमाडौँबाट नयाँदिल्लीतर्फ प्रस्थान गर्नुभएको छ। बुधबार काठमाडौँ आइपुग्नुभएका विदेश सचिव मिस्रीले आफ्नो भ्रमणका क्रममा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूसँग बाक्लो र महत्त्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो।

भ्रमणको पहिलो दिन बुधबार उहाँले परराष्ट्र सचिव अमृतबहादुर राईसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक गर्नुभएको थियो। सोही दिन उहाँले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरी द्विपक्षीय सहयोग र आयोजनाहरूबारे छलफल गर्नुभएको थियो। भ्रमणको अन्तिम दिन आज प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेपछि उहाँ आफ्नो भ्रमण सम्पन्न गरी स्वदेश फर्किनुभएको हो।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्