गोरखाका उत्तरी भेगमा ढुवानी अभावले नुनको मूल्य आकाशियो
गोरखा — गोरखाको उत्तरी भेगस्थित सडक सञ्जाल नपुगेका अति विकट बस्तीहरूमा महँगो ढुवानी भाडा तिरेर उपभोग्य वस्तु किन्नुपर्ने बाध्यता रहँदै आएको छ। यातायातको सुगम साधन नहुँदा खच्चडमार्फत ढुवानी गर्नुपर्ने भएका कारण गोरखामा नुन प्रतिप्याकेट ६० देखि २०० रुपैयाँसम्म पर्ने गरेको स्थानीय बासिन्दाले बताएका छन्।
भौगोलिक विकटताका कारण मनास्लु क्षेत्रका सामागाउँ र साम्दोमा आयो नुनको मूल्य प्रतिप्याकेट २०० रुपैयाँ पुगेको छ भने ल्होमा १५० र बिहीमा १०० रुपैयाँ तिर्नुपरेको छ। सरकारले उपलब्ध गराउने ढुवानी अनुदानको नुन अधिकांश भाग सिर्दिबासमै खपत हुने गरेको र अन्य दुर्गम बस्तीहरूमा भने महँगो भाडा तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको गुनासो स्थानीयले गरेका छन्।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्