बाढीपहिरो क्षेत्रमा जथाभावी बेलिब्रिज राख्नु घातक
काठमाडौँ — बाढीपहिरोको उच्च जोखिम रहेका क्षेत्रमा हतारिएर जथाभावी बेलिब्रिज निर्माण गर्नु प्राविधिक र आर्थिक रूपमा घातक हुने सडक विभागका महानिर्देशक डा. विजय जैसीले बताउनुभएको छ। बर्खायाममा आउने भीषण बाढीले यस्ता अस्थायी संरचना सहजै बगाउन सक्ने भएकाले बेलिब्रिज थप्नुभन्दा मौजुदा पुलका ‘एप्रोच सडक’ (पुल जोड्ने सडक) सुधार र सुदृढीकरण गर्नु नै दीर्घकालीन तथा सुरक्षित विकल्प हुने उहाँको भनाइ छ।
विशेष गरी रसुवागढी नाकामा बेलिब्रिज निर्माणको प्रसङ्ग उल्लेख गर्दै महानिर्देशक जैसीले त्यस्ता क्षेत्रमा बेलिब्रिज बनाउन निकै खर्चिलो हुनुका साथै समयसमेत धेरै लाग्ने स्पष्ट पार्नुभयो। बर्खा सुरु हुनुअगावै त्यस्ता बेलिब्रिजहरू पुनः हटाउनुपर्ने बाध्यता रहने भएकाले यसले राज्यलाई थप आर्थिक भार पार्नुका साथै गम्भीर प्राविधिक जटिलताहरूसमेत निम्त्याउने उहाँले चेतावनी दिनुभयो। सडक पूर्वाधार निर्माण गर्दा अल्पकालीन राहतभन्दा दिगो र सुरक्षित संरचनामा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्