Logo

आइजिपीबाट हटाइएका दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता

ललित सन्देश २०८३ कार्तिक २०, ९:२२ AM
आइजिपीबाट हटाइएका दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता

काठमाडौँ — प्रहरी महानिरीक्षक (आइजिपी) पदबाट हटाइएका दानबहादुर कार्कीले पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गर्नुभएको रिट निवेदन दर्ता भएको छ। अधिवक्ता टिकाध्वज कुँवरका अनुसार कार्कीको तर्फबाट पेस गरिएको रिट सर्वोच्च प्रशासनले औपचारिक रूपमा दर्ता गरेको हो र यसको पहिलो सुनुवाइका लागि कात्तिक ३० गतेको पेसी तोकिएको छ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले कार्कीलाई आइजिपी पदबाट हटाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो। तर, कार्कीले उक्त नियुक्ति अस्वीकार गर्दै सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको हो। सरकारले कुनै कानुनी आधार, कार्यविधि, स्पष्टीकरण वा सफाइको मौकासमेत नदिएर आफूलाई कमान्डबाट अलग गरेको र उक्त निर्णय संविधान, कानुन तथा सर्वोच्च अदालतका पूर्व नजिरहरूसमेत विपरीत रहेको दाबी रिटमा गरिएको छ।

सरकारले कार्कीलाई हटाएर मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो। चाडपर्वका कारण तिहारलगत्तै कात्तिक ३० गतेका लागि पेसी तोकिएको र सोही दिन अदालतमा बहस हुने कानुन व्यवसायीहरूले बताएका छन्।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्