पञ्चायतकालमा वामपन्थी नेतालाई आश्रय दिने रनधता पोखरेलको निधन
काठमाडौँ — निर्दलीय पञ्चायतकालीन समयमा भूमिगत वामपन्थी नेताहरूलाई दोलखा जिल्लामा सुरक्षित आश्रय प्रदान गर्ने रनधता पोखरेलको ९१ वर्षको उमेरमा निधन भएको छ। भक्तपुरको लोकन्थलीस्थित आफ्नै निवासमा बिहीबार साँझ निधन हुनुभएकी पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली पशुपतिस्थित आर्यघाट पुगी उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्नुभएको छ।
पञ्चायतकालको कठिन भूमिगत राजनीतिक जीवनका बेला स्व. पोखरेलले अध्यक्ष केपी शर्मा ओली, पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेताहरू अमृत बोहरा, केशव बडाल, माधव पौडेललगायतका धेरै वामपन्थी यो योद्धाहरूलाई आफ्नो घरमा आश्रय दिनुभएको थियो। मुलुकमा लोकतन्त्र स्थापना र आन्दोलनमा उहाँले पुर्याउनुभएको योगदानको उच्च सम्मान गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा, र पूर्वसभामुख देवराज घिमिरेलगायतका विशिष्ट व्यक्तित्वहरू आर्यघाट पुग्नुभएको थियो।
पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलकी मातासमेत रहनुभएकी स्व. पोखरेलको आजै पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको छ। उहाँको अन्त्येष्टि कार्यक्रममा एमाले सचिव भानुभक्त ढकाल, पूर्वमन्त्री पार्वत गुरुङ, सङ्घीय सांसद, प्रदेशसभा सदस्य तथा विभिन्न राजनीतिकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो। स्व. पोखरेलका दुई छोरा र दुई छोरी हुनुहुन्छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
सम्बन्धित खबर
आईजीपीबाट हटाउने निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा, पुनर्बहालीका लागि दुई नजिर
2 घण्टा अगाडि
स्थानीय तहका उम्मेदवार छनोटमा रास्वपाको सातबुँदे निर्देशन, आर्थिक चलखेल र शक्ति दुरुपयोग नगर्न चेतावनी
2 घण्टा अगाडि
टिप्पणी लेख्नुहोस्