Logo

जनताले दिएको शक्ति दम्भमा बदल्नु पतनको सुरुवात

ललित सन्देश २०८३ कार्तिक २०, ९:५२ AM
जनताले दिएको शक्ति दम्भमा बदल्नु पतनको सुरुवात

चितवन — सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताले दिएको ठूलो शक्तिलाई दम्भमा बदल्न थालेमा पतनको सुरुआत हुने चेतावनी दिनुभएको छ। चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति लामिछानेले जनताबाट प्राप्त जनविश्वास र शक्तिलाई दम्भको रूपमा नभई ठूलो जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिनुभयो।

‘आज जनताले हामीलाई ठूलो शक्ति दिएका छन् तर शक्तिसँगै ठूलो जिम्मेवारी पनि आउँछ। यदि हामी जनविश्वासका आधारमा प्राप्त शक्ति दम्भमा बदल्न थाल्यौँ भने त्यो हाम्रो पतनको सुरुवात हुनेछ,’ उहाँले भन्नुभयो, ‘हामीले कहिल्यै भुल्नु हुँदैन, हामी यही माटोका मान्छे हौँ। एक चुनाव जित्दैमा हामी विशेष प्राणी बनेका छैनौँ।’ जनताले आफूहरूलाई 'ठालु' बन्नका लागि नभई जनताको सेवा गर्नका लागि मत दिएको उहाँको भनाइ थियो।

साथै, सभापति लामिछानेले नेता तथा कार्यकर्ताहरू घमण्ड, पदको दुरुपयोग र राजनीतिक दबाबको संस्कृतिबाट सधैँ टाढा रहनुपर्ने धारणा व्यक्त गर्नुभयो। हिजो आफूहरूमाथि अन्याय भयो भन्दैमा आज सत्ता र पहुँचको प्रयोग गरेर बदलाको भावना राख्नु गलत बाटो भएको बताउँदै उहाँले सच्चिएर र जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिनुभयो।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्