विवादित घटनाक्रमबारे छलफल गर्न राज्य व्यवस्था समितिको बैठक बोलाउन कांग्रेसको माग
काठमाडौँ — प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक तत्काल बोलाएर सरकार र राज्यका निकायहरूसँग जोडिएका पछिल्ला विवादित घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसले माग गरेको छ। समितिमा रहेका कांग्रेसका चार जना सांसदहरू अर्जुननरसिंह केसी, निश्कल राई, भीष्मराज आङदेम्बे र रेखा कुमारी यादवले समिति सभापति हरि ढकाललाई संयुक्त निवेदन दिँदै अविलम्ब बैठक बोलाउन आग्रह गर्नुभएको हो। यसअघि नेकपा र राप्रपाका सांसदहरूले पनि सोही विषयमा पत्राचार गरिसकेका छन्।
सांसदहरूले बिचौलिया भनिएका इनम सापकोटा प्रकरणमा राज्य संयन्त्रको दुरुपयोग, हिरासतमा रहेका व्यक्तिको अडियो तथा फोन अनधिकृत व्यक्तिको पहुँचमा पुगेको र प्रमाण नष्ट गर्न खोजिएको विषयमा गम्भीर छानबिनको माग गरेका छन्। साथै, सापकोटाले प्रधानमन्त्री बालेन शाह तथा प्रधानमन्त्री कार्यालयसँग निकट रहेको भन्दै गरेका दाबीबारे पनि स्पष्टता हुनुपर्ने उनीहरूको भनाइ छ। यसबाहेक, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई कार्यकाल बाँकी छँदै हटाएर डा. मनोज केसीलाई नयाँ आइजिपी बनाइएको र सञ्चारगृह तथा पत्रकारलाई पक्राउ गरी रिहा गरिएका घटनाले स्वतन्त्र प्रेस र राज्यशक्तिको निष्पक्षतामाथि प्रश्न उठाएको निवेदनमा उल्लेख छ।
प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १७८ अनुसार पेस गरिएको उक्त निवेदनमा यी विषयमा जबाफ लिन प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षकलाई समितिमा अनिवार्य उपस्थित गराउन आग्रह गरिएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
सम्बन्धित खबर
आईजीपीबाट हटाउने निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा, पुनर्बहालीका लागि दुई नजिर
13 मिनेट अगाडि
स्थानीय तहका उम्मेदवार छनोटमा रास्वपाको सातबुँदे निर्देशन, आर्थिक चलखेल र शक्ति दुरुपयोग नगर्न चेतावनी
14 मिनेट अगाडि
टिप्पणी लेख्नुहोस्