पोखरामा तिहार लक्षित सयपत्री फूल उत्पादनमा वृद्धि
पोखरा — चार वर्षअघिसम्म तिहारका लागि पोखरा र छिमेकी जिल्लाको उत्पादनले नपुगेर भारतबाट आयात गर्नुपर्ने सयपत्री फूलमा अहिले पोखरा आत्मनिर्भरतातर्फ उन्मुख भएको छ। पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाका अनुसार पछिल्ला वर्षहरूमा किसानहरूले व्यावसायिक रूपमा सयपत्री खेती थालेपछि स्थानीय उत्पादनले नै माग धान्न थालेको छ।
हाल पोखरा महानगरभित्र करिब २ सय रोपनी क्षेत्रफलमा सयपत्री फूलको खेती गरिएको छ। जसमध्ये १५० रोपनीमा महानगरले बिउलगायतमा अनुदान उपलब्ध गराएको थियो। पोखराको उत्पादनले ७० प्रतिशत माग धान्ने र बाँकी ३० प्रतिशत छिमेकी जिल्लाबाट पूर्ति हुने गरेको छ। किसान र उपभोक्ता दुवैलाई मर्का नपर्ने गरी महानगरले सयपत्रीको मूल्य प्रतिकिलो ५ सय रुपैयाँ र प्रतिमाला २०० रुपैयाँ कायम गरेको छ। साथै, बिक्री नभएर फूल फाल्नुपर्ने अवस्था आएमा प्राविधिक मूल्यांकनका आधारमा प्रतिकिलो ८५ रुपैयाँका दरले किसानलाई राहत दिने गरी समर्थन मूल्यसमेत तोकिएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्