कोशी र गण्डकीका हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस मौसमी प्रणालीका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली देखिएको छ भने तराईका केही भू-भाग, उपत्यका तथा नदीका खोलाका खोँचहरूमा बिहानीको समयमा हुस्सु तथा कुहिरो लागेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। त्यसैगरी, रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। राति कोशी र गण्डकी प्रदेशका हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ।
बिहानपख तराई तथा उपत्यकाका केही स्थानहरूमा लाग्ने हुस्सु र कुहिरोका कारण दृश्यादृश्यता (भिजिबिलिटी) मा सामान्य असर पर्न सक्ने भएकाले यात्रा गर्ने सर्वसाधारण तथा यातायात चालकहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्