Logo

हुम्लालाई केन्द्रविन्दु बनाएर बिहानै ४.२ म्याग्निच्युडको भूकम्प गएको छ

ललित सन्देश २०८३ कार्तिक २०, ६:०२ AM
हुम्लालाई केन्द्रविन्दु बनाएर बिहानै ४.२ म्याग्निच्युडको भूकम्प गएको छ

हुम्ला — हुम्ला जिल्लालाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर १० मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

बिहानको समयमा गएको उक्त भूकम्पको धक्का स्थानीय बासिन्दाले सामान्य रूपमा महसुस गरेका थिए। अचानक महसुस गरिएको भूकम्पका कारण केही समय स्थानीय बासिन्दामा त्राहिमामको स्थिति बनेको थियो। भूकम्पबाट हालसम्म कुनै पनि किसिमको मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन र सम्बन्धित निकायले यसको खोजी तथा तथ्याङ्क संकलन गरिरहेको जनाइएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्