सर्वोच्चका प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ सुरु
काठमाडौँ — सर्वोच्च अदालतका लागि प्रस्तावित चार जना न्यायाधीशहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ। संसदीय सुनुवाइ समितिले आजदेखि औपचारिक रूपमा सुनुवाइ प्रक्रिया अगाडि बढाउँदै पहिलो चरणमा उजुरीकर्ताहरूसँग छलफल थालेको हो। न्यायपरिषद्को गत २० असोजमा बसेको बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो।
सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीश जनक पाण्डेविरुद्ध दर्ता भएको उजुरीमाथि गम्भीर छलफल भएको छ। उजुरीकर्ताहरूले पाण्डेकी श्रीमती माया पुरी पाण्डे झापाको दमकमस्थित बहुमूल्य सार्वजनिक जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको दाबी गर्दै पाण्डेलाई सर्वोच्चको न्यायाधीशमा अनुमोदन गर्न नहुने तर्क पेस गरेका छन्।
समितिले उजुरीकर्ताहरूको धारणा र प्रमाण बुझिसकेपछि प्रस्तावित न्यायाधीशहरूसँग छुट्टाछुट्टै कार्ययोजना सुन्ने र प्रश्नोत्तर गर्ने कार्यतालिका बनाएको छ। संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि मात्र उहाँहरूलाई राष्ट्रपतिद्वारा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
सम्बन्धित खबर
आईजीपीबाट हटाउने निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा, पुनर्बहालीका लागि दुई नजिर
2 घण्टा अगाडि
स्थानीय तहका उम्मेदवार छनोटमा रास्वपाको सातबुँदे निर्देशन, आर्थिक चलखेल र शक्ति दुरुपयोग नगर्न चेतावनी
2 घण्टा अगाडि
टिप्पणी लेख्नुहोस्