काभ्रेको बनेपामा दुई बस आपसमा ठोक्किँदा २५ जना यात्रु घाइते
काभ्रेपलाञ्चोक — काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोल डाँडामा दुईवटा बस एकआपसमा ठोक्किएर भएको दुर्घटनामा २५ जना यात्रु घाइते भएका छन्। घाइते भएकाहरूमध्ये केहीको अवस्था मध्यम रहेको छ भने अन्य घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
बिहीबार बिहान धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा ५ ख २९७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बा ३ ख ५०६४ नम्बरको बस एकआपसमा ठोक्किएर उक्त दुर्घटना हुन पुगेको हो। चाडपर्वको समयमा मुख्य सडकखण्डमा भएको यस सवारी दुर्घटनाले यात्रुहरूमा त्रास सिर्जना गरेको छ। घटनाको जानकारी प्राप्त हुनासाथ स्थानीय प्रहरी टोली घटनास्थलमा पुगी उद्धार कार्य सुरु गरेको थियो।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्