वीरगन्जको मनियारीमा छठ पर्व मनाउने ३५० विपन्न महिलालाई साडी र गहुँको पीठो वितरण
वीरगन्ज — वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियारीमा छठ पर्व मनाउने व्रतालु महिलाहरूलाई नयाँ साडी तथा पूजाका सामग्री वितरण गरिएको छ। पूर्वमन्त्री प्रदीप यादवको विशेष पहलमा रुंगटा वेयलफेयर सोसाइटीले बिहीबार एक कार्यक्रमको आयोजना गरी छठ पर्वमा व्रत बस्ने महिलाहरूलाई साडी र राहत सामग्री वितरण गरेको हो।
आर्थिक रूपमा विपन्न, दलित तथा विभिन्न समुदायका ३ सय ५० जना महिलालाई जनही एक-एक थान साडी र छठ पूजाको प्रसाद तयार पार्नका लागि दुई-दुई किलो गहुँको पीठो प्रदान गरिएको रुंगटा वेयलफेयर सोसाइटीका अध्यक्ष सुरेश रुंगटाले जानकारी दिनुभयो। छठ पर्व केवल धार्मिक आस्था र निष्ठाको पर्व मात्र नभई आपसी सद्भाव, मानवीय सहयोग र सहानुभूतिको प्रतीक पनि भएको उहाँले उल्लेख गर्नुभयो। आर्थिक रूपमा कमजोर र पछाडि परेका समुदायका महिलाहरूसँग चाडपर्वको खुसी साट्न पाउनु संस्थाका लागि गर्वको विषय भएको अध्यक्ष रुंगटाको भनाइ छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्