Logo

तिहार अवधिमा काठमाडौँ उपत्यकामा ७८ सवारी दुर्घटना: पाँच जनाको मृत्यु

ललित सन्देश २०८३ कार्तिक २६, ९:२८ AM
तिहार अवधिमा काठमाडौँ उपत्यकामा ७८ सवारी दुर्घटना: पाँच जनाको मृत्यु

काठमाडौँ — तिहार पर्वको अवधिमा काठमाडौँ उपत्यकामा भएका विभिन्न सवारी दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कात्तिक २१ गतेदेखि २५ गते भाइटीकासम्मको पाँच दिनको अवधिमा उपत्यकाका विभिन्न स्थानमा कुल ७८ वटा सवारी दुर्घटना भएका हुन्।

चाडपर्वको समयमा सवारीसाधनको तीव्र गति, मादक पदार्थ सेवन तथा चालकको लापरवाहीका कारण दुर्घटनाहरू भएको प्रहरीको विश्लेषण छ। ट्राफिक प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरे पनि मानवीय त्रुटि र ट्राफिक नियम उल्लङ्घनका कारण दुर्घटनामा मानवीय क्षति हुन पुगेको हो।

सडक सुरक्षा सुनिश्चित गर्न ट्राफिक प्रहरीले उपत्यकाका मुख्य चोक तथा भित्री सडकहरूमा २४ सै घण्टा निगरानी तथा चेकजाँच कडा पारेको जनाएको छ। दुर्घटना न्यूनीकरणका लागि चालक स्वयं सचेत हुनुपर्ने र ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्नेमा प्रहरीले जोड दिएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्