भोजपुरका विभिन्न स्थानमा अचानक परेको असिना पानीले पाकेको धानबालीमा क्षति
भोजपुर — भोजपुर जिल्लाका विभिन्न स्थानमा बुधबार अचानक परेको असिना पानीले पाकेर भित्र्याउने बेला भएको धानबालीमा भारी क्षति पुर्याएको छ। धान काट्ने र थन्क्याउने समय ठ्याक्कैपरेको बेला मौसममा आएको अचानकको यो परिवर्तनले जिल्लाका किसानहरूलाई ठूलो चिन्तामा पारेको छ।
भोजपुर नगरपालिका–५ का स्थानीय किसान धनबहादुर थापाका अनुसार हिजो अचानक असिनासहितको वर्षा हुँदा पालेर राखेको बालीमा ठूलो नोक्सानी भएको छ। कतिपय किसानहरूको धान खेतमै काट्न बाँकी रहेको छ भने कतिपयले भर्खरै काटेर खेतमा सुकाइरहेको अवस्थामा असिनाले क्षति पुर्याएको हो। वर्षभरिको मेहनतले पाकेको धानबाली घर भित्र्याउने बेला आएको यो विपत्तिले कृषकहरूलाई थप मर्माहत बनाएको छ।
मौसममा आएको यो अचानकको फेरबदलका कारण आगामी दिनमा पुनः असिना पानी पर्ने होइन भन्ने आशङ्काले किसानहरूमा त्रास बढाइएको छ। यदि मौसम फेरि बिग्रिएमा खेतमा बाँकी रहेको र सुकाउन राखिएको सम्पूर्ण धान नष्ट हुने जोखिम उच्च रहेको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्