Logo

अवरुद्ध कालीगण्डकी करिडोर खुलाउन पहल तीव्र

ललित सन्देश २०८३ कार्तिक २६, ५:५४ AM
अवरुद्ध कालीगण्डकी करिडोर खुलाउन पहल तीव्र

गुल्मी — चट्टानसहितको सुक्खा पहिरो खसेर गएरातिदेखि अवरुद्ध भएको कालीगण्डकी करिडोर सडकखण्ड सुचारु गराउन सुरक्षा निकाय र स्थानीय तहले संयुक्त पहल थालेका छन्। कालीगण्डकी गाउँपालिका–२ राक्सेमा थुप्रिएको पहिरो पन्छाउन बिहानैदेखि जनशक्ति र उपकरण परिचालन गरिएको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार पहिरो खसेको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले स्थानीय कालीगण्डकी गाउँपालिका र प्रहरीको सक्रिय समन्वयमा सडकमा थुप्रिएका ठूला चट्टान तथा माटो हटाउने कार्य भइरहेको जानकारी दिनुभएको छ।

सडकमा ठूला चट्टानहरू खसेको हुनाले पहिरो पन्छाउन केही समय लाग्ने देखिएको छ। यद्यपि, तिहारको समयमा यात्रुहरूलाई परेको असुविधालाई ध्यानमा राख्दै सकेसम्म छिटो एकतर्फी भए पनि सवारी आवागमन सुचारु गराउने लक्ष्यका साथ काम भइरहेको प्रशासनले जनाएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्