Logo

सम्पदा संरक्षणका लागि जनचेतना र समुदायको क्षमता विकासमा काठमाडौँ महानगरको जोड

ललित सन्देश २०८३ कार्तिक २७, ९:१९ AM
सम्पदा संरक्षणका लागि जनचेतना र समुदायको क्षमता विकासमा काठमाडौँ महानगरको जोड

काठमाडौँ — काठमाडौँ महानगरपालिकाले सांस्कृतिक तथा धार्मिक सम्पदाको संरक्षण र संवर्द्धनका लागि जनचेतना अभिवृद्धि र स्थानीय समुदायको क्षमता विकासलाई प्राथमिकतामा राख्ने भएको छ। सम्पदाको वास्तविक संरक्षक स्थानीय समुदाय नै भएकाले उनीहरूलाई सचेत र सक्षम नबनाई दीर्घकालीन संरक्षण सम्भव नहुने निष्कर्षसहित महानगरले नयाँ कार्यदिशा तय गरेको हो।

यस अभियानअन्तर्गत महानगरपालिकाले सम्पदा संरक्षणसम्बन्धी जनचेतना कार्यक्रम आफ्नै जनप्रतिनिधि र कर्मचारीहरूबाट सुरु गर्ने योजना बनाएको छ। आन्तरिक रूपमा जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण गरेपछि उक्त अभियानलाई नगर प्रहरी, परम्परागत गुठी, विभिन्न सामाजिक सङ्घसंस्था, टोल सुधार समिति तथा आम स्थानीय समुदायसम्म विस्तार गरिने महानगरले स्पष्ट पारेको छ।

टोल–टोलमा रहेका मठमन्दिर, पाटीपौवा, ढुङ्गेधारा र प्राचीन कलाकृतिहरूको रेखदेखमा गुठी र टोल सुधार समितिको भूमिका महत्त्वपूर्ण हुने भएकाले उनीहरूको संस्थागत क्षमता अभिवृद्धि गरी सम्पदा संरक्षणमा प्रत्यक्ष संलग्न गराउने नीति महानगरले लिएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्