Logo

पुल पुनर्निर्माणमा २० करोड लागत अनुमान: सुदूरपश्चिम प्रदेश सरकारद्वारा एक करोड विनियोजन

ललित सन्देश २०८३ कार्तिक २७, ९:३४ AM
पुल पुनर्निर्माणमा २० करोड लागत अनुमान: सुदूरपश्चिम प्रदेश सरकारद्वारा एक करोड विनियोजन

कञ्चनपुर — महाकाली नदीको बाढीले भत्काएको दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि प्राविधिक टोलीले रु २० करोड लागत लाग्नुका साथै निर्माण सम्पन्न गर्न एक वर्ष लाग्ने अनुमानसहितको प्रतिवेदन पेस गरेको छ। पुल पुनर्निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले हाल रु एक करोड विनियोजन गरे पनि स्थलगत रूपमा कामको कुनै सुरसार नदेखिएको स्थानीय जनप्रतिनिधिको गुनासो छ।

भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामचन्द्र बोहराले चाडपर्व तथा हिउँदको समयमा शैक्षिक भ्रमण र दृश्यावलोकनका लागि दैनिक दुईदेखि तीन हजार पर्यटक आउने यस क्षेत्रमा अहिले सन्नाटा छाएको बताउनुभयो। कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले यो पुल आवागमनको साधन मात्र नभई कञ्चनपुरको एक प्रमुख पर्यटकीय गन्तव्यसमेत भएकाले पर्यटन प्रवर्द्धनका लागि पुनर्निर्माण कार्यलाई तत्काल अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्