Logo

नेपालमा स्थानीय तहलाई बलियो बनाउने मुख्य श्रेय एमालेलाई छ: महासचिव शंकर पोखरेल

ललित सन्देश २०८३ कार्तिक ३०, ९:२४ AM
नेपालमा स्थानीय तहलाई बलियो बनाउने मुख्य श्रेय एमालेलाई छ: महासचिव शंकर पोखरेल

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकमा स्थानीय तहलाई अधिकारसम्पन्न र बलियो बनाउने सम्पूर्ण श्रेय एमालेलाई जाने बताएका छन्। स्थानीय तहहरू सशक्त बन्नुमा कुनै संयोग नभई नेकपा एमालेको लामो समयदेखिको निरन्तर प्रयत्न र दृढ राजनीतिक इच्छाशक्तिको परिणाम भएको उनको भनाइ छ।

महासचिव पोखरेलले स्थानीय सरकारहरू जनताको सबैभन्दा नजिकको साथी भएको र तिनलाई स्वायत्त तथा सक्षम बनाउन एमालेले सुरुदेखिनै वैचारिक तथा व्यावहारिक नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको स्पष्ट पारेका छन्।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्