Logo

लिङ्देनविरुद्ध प्यानल बनाउन थापा, लोहनी र पाण्डेको सक्रियता

ललित सन्देश २०८३ कार्तिक ३०, ४:४७ AM
लिङ्देनविरुद्ध प्यानल बनाउन थापा, लोहनी र पाण्डेको सक्रियता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आसन्न आठौँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र आन्तरिक राजनीतिक सरगर्मी बढेको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, पूर्वअध्यक्षद्वय कमल थापा र डा. प्रकाशचन्द्र लोहनी वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध छुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रने तयारीमा सक्रिय भएका छन्।

अध्यक्ष लिङ्देनको कार्यशैलीप्रति असन्तुष्ट रहेका यी शीर्ष नेताहरूले संस्थापन इतर पक्षको नेतृत्व गर्दै सङ्गठनभित्र आफ्नो पकड बलियो बनाउन कसरत थालेका छन्। महाधिवेशन नजिकिँदै जाँदा राप्रपाका शीर्ष तहका नेताहरूबिचको यो ध्रुवीकरणले पार्टीभित्रको राजनीतिक प्रतिस्पर्धालाई थप रोचक र कडा बनाएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्