Logo

दाङको तुलसीपुरबाट जुवातास खेलिरहेका १५ जना ५ लाख ३० हजार नगदसहित पक्राउ

ललित सन्देश २०८३ कार्तिक ३०, ४:४३ AM
दाङको तुलसीपुरबाट जुवातास खेलिरहेका १५ जना ५ लाख ३० हजार नगदसहित पक्राउ

दाङ — दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित तेजबहादुर डाँगीको घरमा जुवातास खेलिरहेका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार गएराति साढे ११ बजे उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जुवाखालबाट नगद ५ लाख ३० हजार २४५ रुपैयाँ र १२ बुक ताससमेत बरामद गरेको छ। पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङमा राखिएको छ। 

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्