Logo

अदालतले पुनर्बहाली गरे पनि दानबहादुर कार्कीलाई आईजीपी बन्न नदिने रास्वपा सहप्रवक्ता चौधरीको चेतावनी

ललित सन्देश २०८३ मंसिर १, ८:०८ AM
अदालतले पुनर्बहाली गरे पनि दानबहादुर कार्कीलाई आईजीपी बन्न नदिने रास्वपा सहप्रवक्ता चौधरीको चेतावनी

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सर्वोच्च अदालतले पुनर्बहाली गरे पनि काम गर्न नदिने चेतावनी दिएका छन्। हिमालय टेलिभिजनसँगको कुराकानीका क्रममा सहप्रवक्ता चौधरीले अदालतबाट पुनर्बहालीको आदेश आए पनि कार्की पुनः आईजीपी बन्न नसक्ने जिकिर गरेका हुन्।

उनले कार्कीको नेतृत्वमा प्रहरी सङ्गठन चल्नै नसक्ने दाबी गर्दै त्यस्तो व्यक्तिलाई सङ्गठनको नेतृत्वमा राख्न नहुने बताए। अदालतको आदेशका बाबजुद पूर्ववत् रूपमा कार्य गर्न नदिन सरकारले अन्य वैधानिक बाटोहरू खोज्न सक्ने सङ्केतसमेत चौधरीले गरेका छन्।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्