Logo

भारत भ्रमणमा सीमा विवाद, गोर्खा भर्ती र पञ्चेश्वरजस्ता थाती मुद्दा उठाउन विज्ञहरूको आग्रह

ललित सन्देश २०८३ मंसिर १, ४:२२ AM
भारत भ्रमणमा सीमा विवाद, गोर्खा भर्ती र पञ्चेश्वरजस्ता थाती मुद्दा उठाउन विज्ञहरूको आग्रह

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा लामो समयदेखि थाती रहेका सीमा विवाद, गोर्खा भर्ती, पञ्चेश्वर परियोजना, हवाई सम्पर्क र गैरभन्सार अवरोधजस्ता विषयलाई उच्च राजनीतिक तहमा उठाउन विज्ञहरूले आग्रह गरेका छन्। दिल्ली विश्वविद्यालयका डा. निहार नायकले यस्ता पुराना समस्याले सम्बन्धलाई अपेक्षित गति लिन नदिएको उल्लेख गर्दै भ्रमणले राजनीतिक तहमा संवाद अघि बढाउने अवसर प्रदान गर्ने बताउनुभयो।

कार्यक्रममा सीपीएसका अध्यक्ष डा. अशोक के. बेहुरियाले नेपाल–भारत सम्बन्धलाई परम्परागत राज्यकेन्द्रित र सुरक्षामुखी दृष्टिकोणबाट मात्र हेर्ने प्रवृत्ति परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो। गुजराल सिद्धान्तको स्मरण गराउँदै उहाँले जनतालाई द्विपक्षीय सम्बन्धका प्रमुख सरोकारवालाका रूपमा स्वीकार गरी आपसी सम्मान र जनस्तरको सम्बन्धका आधारमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्