वित्तीय अपराध नियन्त्रणका लागि आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान आवश्यक : आईजीपी केसी
काठमाडौँ — प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धति अवलम्बन गर्नुपर्ने बताएका छन्। अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा मङ्गलबार आयोजित ‘वित्तीय अपराध अनुसन्धान : प्रमाण सङ्कलनदेखि फैसलासम्म’ विषयक एकदिवसीय कार्यशालाको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
आईजीपी केसीले वित्तीय अपराधको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगले सुरक्षा निकायसामु नयाँ चुनौती सिर्जना गरेको उल्लेख गरे। अपराध अनुसन्धानलाई वस्तुनिष्ठ र परिणाममुखी बनाउन परम्परागत शैलीमा सुधार गर्दै प्रविधिमैत्री संयन्त्रको विकास गर्नुपर्नेमा उनको जोड थियो।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
सम्बन्धित खबर
अदालतले पुनर्बहाली गरे पनि दानबहादुर कार्कीलाई आईजीपी बन्न नदिने रास्वपा सहप्रवक्ता चौधरीको चेतावनी
4 घण्टा अगाडि
भारत भ्रमणमा सीमा विवाद, गोर्खा भर्ती र पञ्चेश्वरजस्ता थाती मुद्दा उठाउन विज्ञहरूको आग्रह
7 घण्टा अगाडि
टिप्पणी लेख्नुहोस्