उपाधि रक्षा गर्ने दाउमा लुम्बिनी, विगतको हारको बदला लिँदै फाइनल पुग्ने लक्ष्यमा सुदूरपश्चिम
काठमाडौँ — एनपीएलको पहिलो क्वालिफायरमा आमनेसामने हुन लागेका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबिचको भिडन्तलाई प्रतिष्ठा र बदलाको लडाइँका रूपमा हेरिएको छ। गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै उपाधि जितेको लुम्बिनीले जारी सिजनको उद्घाटन खेलमा समेत सुदूरपश्चिमलाई सात विकेटले पराजित गरेको थियो। अघिल्ला दुई संस्करणको फाइनलमा पराजित भएको सुदूरपश्चिमका लागि आजको खेल पुरानो हिसाब चुक्ता गर्दै उपाधि नजिक पुग्ने महत्त्वपूर्ण अवसर हो।
लुम्बिनीको ब्याटिङमा डार्सी सर्ट (१४८ रन) र कप्तान रोहित पौडेल (१०० रन) लयमा छन् भने बलिङतर्फ शेर मल्ल (९ विकेट), किशोर महतो र रुबेन ट्रम्पलम्यानले टोलीलाई सन्तुलित बनाएका छन्। अर्कोतर्फ, सुदूरपश्चिमको ब्याटिङमा कप्तान दीपेन्द्रसिंह ऐरी (१५० रन) र ब्रान्डन म्याकमुलेन तथा बलिङमा १० विकेट लिएका अनिल खरेल र स्कट कुगेलेइन प्रमुख हतियारका रूपमा रहेका छन्।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्