Logo

एमालेको सङ्गठनात्मक अवस्था कमजोर बन्दै गएको महासचिव पोखरेलको ठहर, १५ प्रमुख समस्या औँल्याइए

ललित सन्देश २०८३ मंसिर २, ८:४१ AM
एमालेको सङ्गठनात्मक अवस्था कमजोर बन्दै गएको महासचिव पोखरेलको ठहर, १५ प्रमुख समस्या औँल्याइए

काठमाडौँ — नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको आन्तरिक सङ्गठनात्मक अवस्था क्रमशः कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै त्यसका १५ वटा प्रमुख समस्याहरू औँल्याएका छन्। पार्टी सुदृढीकरण र शुद्धीकरणको सन्दर्भमा धारणा राख्दै महासचिव पोखरेलले तल्ला कमिटीका बैठकमा कोरम नपुग्ने अवस्था, कमजोर जनसम्पर्क र कार्यकर्ता परिचालनमा देखिएको शिथिलताजस्ता गम्भीर चुनौतीहरू प्रस्तुत गरेका हुन्।

यसैगरी, उनले पार्टी सदस्यता नवीकरणको डिजिटलाइजेसन प्रक्रियामा देखिएको सुस्तता, नेतृत्व विकासमा अवरोध, उम्मेदवार छनोट प्रक्रियामा हुने त्रुटि, आन्तरिक अनुशासनहीनता तथा वैचारिक सञ्चारको अभावलाई मुख्य समस्याका रूपमा चित्रण गरेका छन्। सङ्गठनात्मक जीवनलाई गतिशील बनाउन यी आधारभूत कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गरी तत्काल सुधारको बाटोमा जानुपर्ने आवश्यकता उनले औँल्याएका छन्।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्