जनसंवादको अभाव र अभियान औपचारिकतामा सीमित हुँदा पार्टी कमजोर बनेको महासचिव पोखरेलको निष्कर्ष
काठमाडौँ — नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीले आम नागरिकसँग प्रभावकारी संवाद स्थापित गर्न नसक्दा सङ्गठनात्मक आधार कमजोर बन्दै गएको बताएका छन्। पार्टी सुदृढीकरणका सन्दर्भमा धारणा राख्दै उनले जनताका वास्तविक समस्या, अपेक्षा र मनोभावनासँग पार्टी पङ्क्ति एकाकार हुन नसक्नु नै वर्तमान चुनौतीको मुख्य कारण रहेको औँल्याएका हुन्।
पार्टीले सङ्गठन विस्तारका लागि सञ्चालन गरेका वडा केन्द्रित, ‘जरा’ तथा ‘ग्रासरुट’ अभियानहरू वास्तविक रूपान्तरणभन्दा पनि केवल औपचारिकतामा मात्र सीमित हुन पुगेको महासचिव पोखरेलको टिप्पणी छ। यस्ता अभियानलाई कर्मकाण्डी शैलीबाट बाहिर निकालेर परिणाममुखी नबनाउने हो भने आगामी निर्वाचनमा पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसक्ने यथार्थसमेत उनले स्पष्ट पारेका छन्।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
सम्बन्धित खबर
एमालेको सङ्गठनात्मक अवस्था कमजोर बन्दै गएको महासचिव पोखरेलको ठहर, १५ प्रमुख समस्या औँल्याइए
5 घण्टा अगाडि
वर्तमान सरकार जनताप्रति उत्तरदायी भएन, देशमा भय र स्वेच्छाचारी शासन चलिरहेको छ : ओली
7 घण्टा अगाडि
टिप्पणी लेख्नुहोस्