Logo

वर्तमान सरकार जनताप्रति उत्तरदायी भएन, देशमा भय र स्वेच्छाचारी शासन चलिरहेको छ : ओली

ललित सन्देश २०८३ मंसिर २, ७:०२ AM
वर्तमान सरकार जनताप्रति उत्तरदायी भएन, देशमा भय र स्वेच्छाचारी शासन चलिरहेको छ : ओली

काठमाडौँ — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार जनताप्रति उत्तरदायी नभएको आरोप लगाएका छन्। पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनपश्चात् बनेको सरकारको कार्यशैलीका कारण मुलुकका सबै क्षेत्रमा निराशा मात्र बढिरहेको दाबी गरेका हुन्।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले अहिले देश राजनीतिक रूपमा आतङ्कको छायामुनि, भय र त्रासको वातावरणमा चलिरहेको टिप्पणी गरे। असंवैधानिक तथा गैरकानुनी क्रियाकलापको पेलाइमा स्वेच्छाचारी शासन चलिरहेको आरोप लगाउँदै उनले सरकार फासीवाद र दमनकारी प्रतिशोधी व्यवहारतर्फ अगाडि बढिरहेको जिकिर गरे। सरकारको गलत नीतिका कारण आर्थिक हिसाबले देश लगातार अधोगतितर्फ गइरहेको र सामाजिक मूल्य–मान्यतासमेत खस्कँदै गएको ओलीको भनाइ छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्