Logo

मनिला सम्मेलनमा मन्त्री सीता बादीद्वारा बाल हिंसा अन्त्यसम्बन्धी नेपालको सातबुँदे प्रतिबद्धता प्रस्तुत

ललित सन्देश २०८३ मंसिर २, १०:५४ AM
मनिला सम्मेलनमा मन्त्री सीता बादीद्वारा बाल हिंसा अन्त्यसम्बन्धी नेपालको सातबुँदे प्रतिबद्धता प्रस्तुत

काठमाडौँ — महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले फिलिपिन्सको मनिलामा आयोजित ‘बालबालिकामाथि हुने हिंसा अन्त्यसम्बन्धी दोस्रो विश्व मन्त्रीस्तरीय सम्मेलन’ लाई सम्बोधन गर्दै नेपालका तर्फबाट सातबुँदे राष्ट्रिय प्रतिबद्धता प्रस्तुत गरेकी छन्। सम्मेलनमा नेपालका तर्फबाट तीनवटा अद्यावधिक, तीनवटा नयाँ र एउटा पुनः पुष्टि गरिएको गरी कुल सातवटा प्रतिबद्धता सार्वजनिक गरिएको हो।

सम्बोधनका क्रममा मन्त्री बादीले बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न नेपालले कानुनी, नीतिगत तथा संस्थागत सुधारका प्रयासलाई निरन्तरता दिँदै आएको स्पष्ट पारिन्। मन्त्रालयका अनुसार प्रस्तुत प्रतिबद्धताहरूले बाल संरक्षणलाई केवल कानुनी सुधारमा मात्र सीमित नराखी स्थानीय तहको सेवा प्रवाह, परिवारमा आधारित हेरचाह, तथ्याङ्क व्यवस्थापन र सरकारका तीनै तहबीचको अन्तरसरकारी समन्वयसँग जोडेको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्