Logo

धादिङमा ऐतिहासिक गङ्गाजमुना माई मेला सुरु हुँदै, पालिकाद्वारा दुई दिन सार्वजनिक बिदाको घोषणा

ललित सन्देश २०८३ मंसिर २, ११:०१ AM
धादिङमा ऐतिहासिक गङ्गाजमुना माई मेला सुरु हुँदै, पालिकाद्वारा दुई दिन सार्वजनिक बिदाको घोषणा

धादिङ — उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ फूलखर्कस्थित ढाँडखर्कको पहरामा यही मङ्सिर ३ र ४ गते ऐतिहासिक गङ्गाजमुना माई मेला आयोजना हुने भएको छ। हरिबोधिनी एकादशीको अवसर पारेर आयोजना हुने मेलाको उद्घाटन मङ्सिर ३ गते बिहान ११ बजे बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले गर्ने कार्यक्रम तय भएको छ। मेलाको अवसरमा गाउँपालिकाले मङ्सिर ३ र ४ गते पालिकाभर सार्वजनिक बिदासमेत दिएको छ।

गङ्गा र जमुना नामका दुई दिदीबहिनीको पौराणिक किम्बदन्तीसँग जोडिएको यस स्थलमा एकादशीको अघिल्लो रात जाग्राम बस्ने, झाँक्री नाच तथा भजनकीर्तन गर्ने र भोलिपल्ट बिहान झरना तथा नजिकैको 'कुकुरधारा' मा स्नान गरी महादेवको पूजाआजा गर्ने परम्परा छ। मेलामा तामाङ सेलो, लामा नाच, मारुनी, घाँटु, कौरा, लाखे नाचसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्