Logo

सिरहाको गोलबजारस्थित पोखरीमा एक सातादेखि बेपत्ता पुरुषको शव फेला पर्‍यो

ललित सन्देश २०८३ मंसिर २, ११:०५ AM
सिरहाको गोलबजारस्थित पोखरीमा एक सातादेखि बेपत्ता पुरुषको शव फेला पर्‍यो

सिरहा — सिरहाको गोलबजार नगरपालिका–६ सैनिक चोक नजिकै रहेको पोखरीमा एक सातादेखि बेपत्ता भएका एक पुरुषको शव फेला परेको छ। प्रहरीका अनुसार मृतक गोलबजार नगरपालिका–३ भाङबारी निवासी ४५ वर्षीय महेन्द्र चमार रहेको पुष्टि भएको हो।

स्थानीय बासिन्दाले पोखरीमा शव तैरिरहेको देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। परिवारजनका अनुसार चमार विगत करिब एक सातादेखि सम्पर्कविहीन थिए र उनको खोजी कार्य भइरहेको थियो। घटनास्थलमा पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा शवलाई पोखरीबाट बाहिर निकालेर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्