गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वत कुमार केसी आफ्नै निवासमा मृत फेला
गुल्मी — जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वत कुमार केसी आफ्नै निवासमा सुतिरहेकै अवस्थामा मृत फेला परेका छन्। मंगलबार बिहान अबेरसम्म पनि कोठाबाट बाहिर ननिस्किएपछि सहकर्मीहरूले झ्याल फोरेर भित्र हेर्दा ५२ वर्षीय केसी अचेत अवस्थामा फेला परेका थिए।
तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल गुल्मी पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। दाङ स्थायी घर भएका प्रहरी निरीक्षक केसी जिल्ला प्रहरी कार्यालय गुल्मीको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका थिए। कार्यरत प्रहरी अधिकृतको निवासभित्रै भएको आकस्मिक निधनले सुरक्षा सङ्गठन र स्थानीय प्रशासनमा स्तब्धता छाएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
सम्बन्धित खबर
सिरहाको गोलबजारस्थित पोखरीमा एक सातादेखि बेपत्ता पुरुषको शव फेला पर्यो
1 घण्टा अगाडि
धादिङमा ऐतिहासिक गङ्गाजमुना माई मेला सुरु हुँदै, पालिकाद्वारा दुई दिन सार्वजनिक बिदाको घोषणा
1 घण्टा अगाडि
टिप्पणी लेख्नुहोस्