Logo

सरकारी कागज किर्ते गरेको आरोपमा बसबरिया गाउँपालिका अध्यक्ष राय पक्राउ

ललित सन्देश २०८३ मंसिर २, ४:४७ AM
सरकारी कागज किर्ते गरेको आरोपमा बसबरिया गाउँपालिका अध्यक्ष राय पक्राउ

सर्लाही — सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार सर्लाहीको बसबरिया गाउँपालिका–१ स्थित आफ्नै घरबाट ५५ वर्षीय अध्यक्ष रायलाई प्रहरीले पक्राउ गरेको हो।

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पेस गर्न २०८० असार १० गते आयोजित गाउँसभामा अनुपस्थित रहेकी एक वडा सदस्यको हस्ताक्षर किर्ते गरी निर्णय गराइएको र नीति तथा कार्यक्रम पारित गरिएको भन्दै प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्