पदावधि बाँकी रहँदै बदनियतपूर्ण रूपमा पदमुक्त गरिएको निवर्तमान आईजीपी कार्कीको दाबी
काठमाडौँ — सरकारले आफूलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउने निर्णयलाई निवर्तमान आईजीपी दानबहादुर कार्कीले ‘परोक्ष रूपमा पदमुक्त गर्ने बदनियतपूर्ण कार्य’ भनी कानुनी चुनौती दिएका छन्। सर्वोच्च अदालतमा दायर रिटमा कार्कीले आफ्नो नियमित पदावधि बाँकी रहँदै अर्को पद सिर्जना गरी खटाउने सरकारको कदम गैरकानुनी रहेको दाबी गरेका हुन्।
रिट निवेदनमा उनले आफूलाई पदबाट हटाउने कुनै कानुनी आधार र कारण नखुलाइएको तथा प्राकृतिक न्यायको सिद्धान्तविपरीत स्पष्टीकरण वा सुनुवाइको अवसरसमेत नदिइएको जिकिर गरेका छन्। सुरक्षा सङ्गठनको सर्वोच्च पदमा रहेको व्यक्तिलाई स्वेच्छाचारी ढङ्गले जिम्मेवारीबाट अलग्याउन नमिल्ने तर्क गर्दै उनले सरकारको निर्णय बदर गरी यथावत् रूपमा आईजीपीकै हैसियतमा कामकाज गर्न पाउनुपर्ने माग गरेका छन्।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्