Logo

काठमाडौं जिल्लालाई २४सै घण्टा खुला गर्ने तयारी, दरबारमार्ग र ठमेलपछि अन्य क्षेत्रमा पनि विस्तार गर्दै प्रशासन

ललित सन्देश २०८३ मंसिर २, ६:०० AM
काठमाडौं जिल्लालाई २४सै घण्टा खुला गर्ने तयारी, दरबारमार्ग र ठमेलपछि अन्य क्षेत्रमा पनि विस्तार गर्दै प्रशासन

काठमाडौँ — जिल्ला प्रशासन कार्यालय काठमाडौंले संघीय राजधानीलाई चौबिसै घण्टा खुला गर्ने गरी रणनीतिक तयारी थालेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले मंगलबार एक सूचना जारी गर्दै यसअघि दरबारमार्ग र ठमेल क्षेत्रमा मात्र २४सै घण्टा खुला गर्ने निर्णय सफल रूपमा सञ्चालनमा आएको बताउँदै अब जिल्लाका अन्य क्षेत्रलाई पनि सोही अनुरूप खुला गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।

नेपालको संघीय राजधानी र अत्यन्त महत्त्वपूर्ण स्थान भएकाले समग्र जिल्लालाई चौबिसै घण्टा सञ्चालन गर्न भरपर्दो सुरक्षा प्रबन्ध र न्यूनतम पूर्वाधारहरू सुनिश्चित गर्ने काम भइरहेको प्रशासनले जनाएको छ। यसअन्तर्गत सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी, सडक बत्ती तथा आपूर्ति व्यवस्थाको पर्याप्त प्रबन्ध मिलाउने तयारी भइरहेको सूचनामा उल्लेख गरिएको छ।



DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्