मानव बेचबिखन नियन्त्रण विधेयकमा ‘वेश्यावृत्ति’ शब्द राखिएकोप्रति सांसदहरूको आपत्ति, हटाउन माग
काठमाडौँ — प्रस्तावित ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक–२०८३’ मा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्दप्रति प्रतिनिधिसभाका सांसदहरूले कडा आपत्ति जनाएका छन्। संसदीय छलफलका क्रममा सांसदहरूले कानुनी दस्तावेजमा प्रयोग गरिने शब्दावली संवेदनशील र मर्यादित हुनुपर्नेमा जोड दिँदै उक्त शब्दलाई तत्काल संशोधन गर्न माग गरेका हुन्।
सांसदहरूका अनुसार ‘वेश्यावृत्ति’ जस्ता शब्दले पीडित तथा महिला वर्गलाई प्रत्यक्ष रूपमा अपमानित गर्ने र समाजमा लैङ्गिक विभेदलाई थप प्रश्रय दिने जोखिम रहन्छ। त्यसैले, कानुन निर्माणकै चरणमा यस्ता विभेदकारी शब्दावली हटाएर ‘देह व्यापार’ जस्ता तुलनात्मक रूपमा सम्मानित र उपयुक्त शब्द प्रयोग गर्नुपर्नेमा सांसदहरूले एकमतले आवाज उठाएका छन्।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्