दल त्याग गरेका जसपा नेपालका १८ स्थानीय जनप्रतिनिधिको पद रिक्त भएको आयोगको घोषणा
काठमाडौँ — निर्वाचन आयोगले दल त्याग गरेका जनता समाजवादी पार्टी (जसपा), नेपालबाट निर्वाचित १८ जना स्थानीय जनप्रतिनिधिको पद स्वतः रिक्त भएको जानकारी गराएको छ। वि.सं. २०७९ सालको स्थानीय तह निर्वाचनमा जसपा नेपालको तर्फबाट निर्वाचित भई पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत कार्य गरी दल त्याग गरेको भनी सम्बन्धित दलको केन्द्रीय समन्वय समितिको निर्णयसहित पत्र प्राप्त भएपछि आयोगले मिति २०८३/०८/०२ गते उक्त निर्णय गरेको हो।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्यागको जानकारी आयोगमा प्राप्त भएपछि सम्बन्धित जनप्रतिनिधिको निर्वाचित पद स्वतः रिक्त हुने कानुनी व्यवस्था छ। सोही कानुनी प्रक्रिया पूरा गर्दै आयोगले नियमावलीको नियम २२ को उपनियम (२) बमोजिम सम्बन्धित सबैको जानकारीका लागि आधिकारिक सूचना प्रकाशन गरेको जनाएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
सम्बन्धित खबर
भूगर्भीय अध्ययन र विपद् जोखिम न्यूनीकरणलाई राष्ट्रिय विकास नीतिसँग जोड्नुपर्छ : सभामुख अर्याल
32 मिनेट अगाडि
दलहरूसँग समन्वय र सहमतिबिना संविधान संशोधन गरिए अविश्वास बढ्छ : विद्यादेवी भण्डारी
1 घण्टा अगाडि
टिप्पणी लेख्नुहोस्