Logo

भूगर्भीय अध्ययन र विपद् जोखिम न्यूनीकरणलाई राष्ट्रिय विकास नीतिसँग जोड्नुपर्छ : सभामुख अर्याल

ललित सन्देश २०८३ मंसिर ३, ५:४४ AM
भूगर्भीय अध्ययन र विपद् जोखिम न्यूनीकरणलाई राष्ट्रिय विकास नीतिसँग जोड्नुपर्छ : सभामुख अर्याल

काठमाडौँ — सभामुख डोलप्रसाद अर्यालले हिमालय क्षेत्रको भूगर्भीय अध्ययन, वैज्ञानिक अनुसन्धान र विपद् जोखिम न्यूनीकरणलाई राष्ट्रिय विकास तथा नीतिनिर्माणको मूल प्रवाहसँग जोड्नुपर्ने बताएका छन्। भौगोलिक रूपमा संवेदनशील हिमाली क्षेत्रमा भइरहेका वातावरणीय परिवर्तन र प्राकृतिक विपद्का चुनौतीहरूलाई सम्बोधन गर्न वैज्ञानिक ज्ञानलाई नीतिगत तहमा रूपान्तरण गर्नु अपरिहार्य रहेको उनले औँल्याएका हुन्।

सभामुख अर्यालले वैज्ञानिक अनुसन्धान र ठोस तथ्यमा आधारित नीति निर्माणमार्फत नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हक सुनिश्चित गर्नुपर्नेमा जोड दिए। प्राकृतिक स्रोतको दिगो उपयोगसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न अनुसन्धानमूलक संस्था र नीतिनिर्माताहरूबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्