Logo

दलहरूसँग समन्वय र सहमतिबिना संविधान संशोधन गरिए अविश्वास बढ्छ : विद्यादेवी भण्डारी

ललित सन्देश २०८३ मंसिर ३, ५:१२ AM
दलहरूसँग समन्वय र सहमतिबिना संविधान संशोधन गरिए अविश्वास बढ्छ : विद्यादेवी भण्डारी

काठमाडौँ — नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग पर्याप्त छलफल र समन्वय नगरी संविधान संशोधन गरिए अविश्वास पैदा हुने बताएकी छन्। पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिन बन्दसत्रलाई सम्बोधन गर्दै उनले दूरगामी महत्वका विषयमा निर्णय लिँदा सरोकारवाला दलहरूबीच संवाद र राष्ट्रिय सहमति अपरिहार्य हुने स्पष्ट पारिन्।

संविधान संशोधनजस्तो संवेदनशील विषयलाई हतार र एकपक्षीय ढङ्गले अघि बढाउँदा लोकतान्त्रिक प्रणालीको विश्वसनीयतामाथि प्रश्न उठ्न सक्ने उनको धारणा छ। राज्यका सबै अङ्ग र निकाय संविधानको सर्वोच्चता र सीमाभित्र रहनुपर्नेमा जोड दिँदै उनले कुनै पनि संस्था वा निकाय संविधानभन्दा माथि हुन नसक्ने बताइन्।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्