काठमाडौँ उपत्यकाको वायु प्रदूषण नियन्त्रणका लागि विशेष कार्ययोजना निर्माणको गृहकार्य तीव्र
काठमाडौँ — काठमाडौँ उपत्यकामा बढ्दै गएको वायु प्रदूषणलाई नियन्त्रण गर्न स्थानीय तह तथा सरोकारवाला निकायहरूले विशेष कार्ययोजना निर्माणको गृहकार्य अघि बढाएका छन्। विशेषगरी जाडोयाम सुरु भएसँगै उपत्यकाको वायुमण्डलमा धुलोधुवाँ र हानिकारक कणहरूको मात्रा तीव्र रूपले बढ्दै जाने भएकाले त्यसको रोकथाम तथा न्यूनीकरणका लागि पूर्वतयारी थालिएको हो।
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार उपत्यकाका अन्य नगरपालिका, प्रदेश तथा सङ्घीय सरकारसँगको समन्वयमा प्रदूषण नियन्त्रणसम्बन्धी ठोस कार्ययोजना सार्वजनिक गर्ने तयारी भइरहेको छ। आगामी मङ्सिर ७ गतेदेखि आयोजना हुन लागेको 'काठमाडौँ जलवायु कार्य सप्ताह' का अवसरमा निजी क्षेत्र, नागरिक समाज, वैज्ञानिक र सरोकारवालाहरूसँगको छलफलपछि तत्काल कार्यान्वयनमा लैजान सकिने कार्ययोजना घोषणा गरिने जनाइएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्