Logo

विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौँ तेस्रो स्थानमा, वायु गुणस्तर सूचकांक १८३ पुग्यो

ललित सन्देश २०८३ मंसिर ३, ५:५० AM
विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौँ तेस्रो स्थानमा, वायु गुणस्तर सूचकांक १८३ पुग्यो

काठमाडौँ — काठमाडौँ उपत्यकाको वायु प्रदूषणको स्तर अत्यधिक बढेसँगै काठमाडौँ विश्वकै प्रमुख प्रदूषित सहरहरूको सूचीमा तेस्रो स्थानमा उक्लिएको छ। वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था ‘आईक्यूएयर’ (IQAir) ले बिहीबार बिहान सार्वजनिक गरेको वास्तविक समयको तथ्याङ्कअनुसार काठमाडौँको वायु गुणस्तर सूचकांक (यूएस एक्यूआई) १८३ मापन गरिएको हो।

आईक्यूएयरको सोही सूचीमा पाकिस्तानको लाहोर ३२५ एक्यूआईसहित विश्वकै सर्वाधिक प्रदूषित सहरको पहिलो स्थानमा रहेको छ भने बङ्गलादेशको ढाका २५६ एक्यूआईका साथ दोस्रो स्थानमा छ। त्यस्तै, १८२ एक्यूआई रहेको भारतको दिल्ली चौथो र १६७ एक्यूआईसहित पाकिस्तानको कराँची पाँचौँ स्थानमा छन्। चिसो मौसम सुरु भएसँगै उपत्यकामा धुलोधुवाँ र प्रदूषणको मात्रा बाक्लिँदै जाँदा वायुको गुणस्तर अस्वस्थकर तहमा पुगेको हो। 

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्