Logo

मकवानपुरको भैंसेमा टाटा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ जना घाइते

ललित सन्देश २०८३ मंसिर ३, ५:०८ AM
मकवानपुरको भैंसेमा टाटा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ जना घाइते

मकवानपुर — मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसेमा बिहीबार बिहान यात्रुबाहक टाटा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्। रौतहटको चन्द्रनिगाहपुरबाट १० जना यात्रु बोकेर काठमाडौँतर्फ आउँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परी दुई महिला र एक पुरुषको ज्यान गएको छ। मृतकहरूको सनाखत गर्ने तथा घटनास्थलको मुचुल्का उठाउने कार्य प्रहरीले अघि बढाएको छ। बिहानको समयमा भएको यस दुःखद दुर्घटनालगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोली उद्धारका लागि घटनास्थलमा खटिएको थियो।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्