भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका २६ परिवारलाई जनही दुई लाख राहत दिने निर्णय
कञ्चनपुर — रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका कञ्चनपुरका २६ जनाका परिवारलाई सरकारले जनही दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। कञ्चनपुर जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विपद्बाट पीडित परिवारलाई तत्काल आर्थिक टेवा पुर्याउने उद्देश्यले उक्त राहत रकम प्रदान गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिए।
समितिको निर्णयअनुसार २६ परिवारलाई जनही दुई लाख रुपैयाँका दरले कुल ५२ लाख रुपैयाँ राहत रकम विपद् व्यवस्थापन प्राधिकरणसँग माग गरिएको छ। पीडित परिवारलाई राहत वितरणमा ढिलाइ नहोस् भन्नका लागि पछि शोधभर्ना हुने गरी तत्काल सम्बन्धित स्थानीय तहहरूलाई नै राहत रकम उपलब्ध गराउन निर्देशन दिइसकिएको प्रजिअ कोइरालाले स्पष्ट पारे।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्