ओलीको अडान : वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन हुनुपर्छ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानले निर्धारण गरेको समयसीमाभित्रै स्थानीय र प्रदेशसभा निर्वाचन गराउनुपर्ने बताएका छन्। उनले आगामी वैशाखको अन्तिममा स्थानीय तह र मंसिरमा प्रदेशसभा निर्वाचन हुनुपर्ने धारणा राख्दै निर्वाचनको समय सार्ने वा संवैधानिक व्यवस्थालाई छल्ने प्रयास स्वीकार्य नहुने चेतावनी दिएका छन्।
पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै ओलीले संविधानको कार्यान्वयनमा कुनै सम्झौता गर्न नसकिने बताए। संविधानको एउटा व्यवस्था मिच्ने छुट दिँदा अन्य व्यवस्थासमेत उल्लंघन हुने उनको तर्क थियो।
‘संविधानले तोकेको समयमा निर्वाचन हुनुपर्छ। एक ठाउँमा संविधान मिचियो भने अर्को ठाउँमा मिचिन्छ। संविधान मिच्ने कुरामा हामी भर्याङ लगाइदिन सक्दैनौँ,’ ओलीले भने।
निर्वाचन आयोगले आगामी निर्वाचनको तयारीका विषयमा राजनीतिक दलहरूसँग परामर्श गरिरहेका बेला ओलीको यो अभिव्यक्ति आएको हो। स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्ने कि फरक–फरक समयमा गर्ने भन्ने बहस चलिरहेका बेला एमाले अध्यक्षले भने दुवै निर्वाचन संविधानले तोकेको समयमै हुनुपर्ने स्पष्ट पारेका छन्।
ओलीले निर्वाचनमा पार्टीविरुद्ध अन्तर्घात गर्ने प्रवृत्तिप्रति पनि कडा असन्तुष्टि जनाए। पार्टीको चुनाव चिह्नमा उम्मेदवार उठाएर भित्रभित्रै अर्को पक्षलाई मत दिने तथा पार्टी नबदली मत मात्रै बदल्नेहरूलाई एमालेमा स्थान नरहने उनको चेतावनी थियो।
उनको अभिव्यक्तिले निर्वाचनको समयतालिकाबारे सरकार र निर्वाचन आयोगमाथि संवैधानिक व्यवस्थाअनुसार अघि बढ्न राजनीतिक दबाब बढाउने संकेत गरेको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
सम्बन्धित खबर
मानव बेचबिखन नियन्त्रण विधेयकमा ‘वेश्यावृत्ति’ शब्द राखिएकोप्रति सांसदहरूको आपत्ति, हटाउन माग
1 दिन अगाडि
भूगर्भीय अध्ययन र विपद् जोखिम न्यूनीकरणलाई राष्ट्रिय विकास नीतिसँग जोड्नुपर्छ : सभामुख अर्याल
1 दिन अगाडि
टिप्पणी लेख्नुहोस्