दिल्ली पुगेलगत्तै प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने
नयाँ दिल्ली — दुई दिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र शाहले भ्रमणको पहिलो दिन आइतबार नै भारतीय विदेशमन्त्री एस जयशंकरसँग महत्त्वपूर्ण भेटवार्ता गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच नयाँ दिल्लीस्थित होटल ताजमा शिष्टाचार तथा द्विपक्षीय भेटवार्ता तय भएको हो।
उक्त भेटका क्रममा नेपाल र भारतबीचको आपसी हित, द्विपक्षीय सहकार्यका प्राथमिक क्षेत्र तथा भोलि हुने उच्चस्तरीय वार्ताका एजेन्डाका विषयमा प्रारम्भिक छलफल हुने जनाइएको छ। भारतीय समकक्षी नरेन्द्र मोदीसँगको प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ताअगाडि विदेशमन्त्री जयशंकरसँग हुने यो संवादलाई भ्रमणको कूटनीतिक तयारी र सद्भाव विस्तारका दृष्टिले अर्थपूर्ण मानिएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्